खुद ब्याज आम्दानी घटेसँगै मनकामना स्मार्ट लघुवित्तको नाफामा ७८.०२ प्रतिशतको गिरावट

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७८.०२ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ०३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मनकामना स्मार्ट लघुवित्तले ४३ करोड १९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ अर्ब ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ३ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

मनकामना स्मार्ट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.१६ प्रतिशतले घटेर २ करोड ९८ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.९३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २२ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ८७० को आधारमा मूल्य आम्दानी अनुपात २७०.१८ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x