
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि सुरु हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। बोर्डले बुधवार परीक्षा तालिका सार्वजनिक गर्दै पूर्वनिर्धारित वैशाख ११ को मिति सारिएको जानकारी गराएको हो।
शिक्षकहरूले शिक्षा ऐन संशोधनको माग गर्दै चैत २० गतेदेखि निरन्तर आन्दोलन गर्दै आएकाले परीक्षा तालिका प्रभावित भएको हो। आन्दोलनले कक्षा १२ को परीक्षा सञ्चालनमा अन्योल सिर्जना गरेपछि बोर्डले परीक्षा १० दिन पछि सार्ने निर्णय गरेको थियो।

कक्षा १२ को परीक्षा वैशाख २१ बाट सुरु हुने, नयाँ तालिका सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
