केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शुक्रवार ललितपुरस्थित द प्लाजा समारोह स्थलमा सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको सुरुवातमा "के नेपाल शैक्षिक हब बन्न सक्छ?" भन्ने विषयमा प्यानल डिस्कसन गरिएको थियो। उक्त छलफलमा पूर्व शिक्षामन्त्री विद्या भट्टराई, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, गेट कलेजका सिइओ खेमराज लकाई र इक्यान अध्यक्ष शेषराज भट्टराईको सहभागी थियो। उहाँहरूले ‘स्टडी इन नेपाल’ अभियानलाई सफल बनाउन नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री पन्तले यस्ता कार्यक्रममा सहभागिता र सम्मानले शिक्षा क्षेत्रमा कार्यरतहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भविष्यमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना भइरहुन् भन्ने शुभकामना दिनुभयो।
कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८२’ बाट लिटिल एन्जल्स ग्रुपका संस्थापक उमेश श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो। उहाँले लामो समयदेखि शैक्षिक नेतृत्व, नीति निर्माण र संस्थागत विकासमा उल्लेखनीय भूमिका निभाउनु भएको छ।
त्यसै गरी, शिक्षा विशेष सम्मानबाट राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्मा, सीजीका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घ अध्यक्ष राजेन्द्र बराललाई सम्मानित गरिएको थियो।
‘शिक्षा सम्मान’को रूपमा प्रा. डा. प्रकाशमान श्रेष्ठ, प्रा. डा. गणेश बहादुर सिंह र गेट कलेजका सिइओ खेम आर लकाईलाई पनि सम्मान प्रदान गरिएको थियो।
साथै, शैक्षिक उत्कृष्टता, गुणस्तरीय पठनपाठन, पूर्वाधार, सामाजिक उत्तरदायित्वजस्ता आधारमा सामुदायिक विद्यालयतर्फ बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयलाई सर्वोत्कृष्ट विद्यालयको रूपमा सम्मान गरिएको छ। संस्थागततर्फ प्रसादी एकेडेमी (ललितपुर), एनसीसीएस (पखनाजोल), र जेभियर इन्टरनेसनल कलेज (कालोपुल) सम्मानित भएका छन्।
कार्यक्रमले शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्व तथा संस्थालाई उत्साह र प्रेरणा प्रदान गर्दै शैक्षिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्मानित हुने संस्थागत शैक्षिक संस्थाहरू
१. काठमाडौं मोडल सेकेन्डरी स्कुल (बालकुमारी)– बेस्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड
२. ट्रिनिटी इन्टरनेसनल एसएस एण्ड कलेज – बेस्ट एकेडेमिक इन्भाइरन्मेन्ट अवार्ड
३. पिनाकल एकेडेमी एसएस कलेज – कन्सिस्टेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड
४. मुनलाइट सेकेन्डरी स्कुल – कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड
५. काठमाडौं बर्नहार्ट कलेज – बेस्ट हिस्टोरिकल अचिभमेन्ट्स अवार्ड
६. ओमेगा इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ पर्फर्मेन्स अवार्ड
७. मनास्लु वर्ल्ड कलेज – प्रेस्टिजियस प्लस टु अवार्ड
८. टेक्सास इन्टरनेसनल कलेज – बेस्ट इनोभेटिभ टिचिङ्ग प्राक्टिस अवार्ड
९. समृद्धि स्कुल – बेस्ट लर्निङ्ग सेन्टर अवार्ड
१०. ब्रिजवाटर इन्टरनेशनल कलेज – डाइनामिक एजुकेसन लिडरसिप अवार्ड
११. अरनिको आवासीय सेकेन्डरी स्कुल – रिजनल प्रेस्टिज अवार्ड
१२. मदरल्याण्ड सेकेन्डरी स्कुल –रिजनल प्रेस्टिज अवार्ड
१३. मोर्गन इन्टरनेसनल कलेज – आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड
उत्कृष्ट प्लस टु अवार्ड प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु
१. काठमाडौं मोडेल सेकेण्डरी स्कुल, बागबजार
२. युनाइटेड एकेडेमी, ललितपुर
३. रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिल
४. जेभियर इन्टरनेसनल एकेडेमी, लाजिम्पाट
५. किस्ट कलेज एण्ड स्कुल, कमलपोखरी
६. लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
७. लिटल एन्जल्स स्कुल, ललितपुर
८. भीएस निकेतन कलेज, तीनकुने
९. ट्रिटन एसएस कलेज, बालकुमारी
१०. नेपाल मेगा कलेज, बबरमहल
११. नेपाल काष्ठमण्डप एसएस कलेज, कलंकी
१२. आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर
प्रदेशअन्तर्गत सम्मानित हुने उत्कृष्ट सामुदायिक विद्यालयहरू
१. गोल्मादेवि माध्यमिक विद्यालय, ओखलढुंगा (कोशी प्रदेश)
२. विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, रौतहट (मधेश प्रदेश)
३. विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौं (बाग्मती प्रदेश)
४. अमरसिंह माध्यमिक विद्यालय, कास्की (गण्डकी प्रदेश)
५. श्री माध्यमिक विद्यालय, दाङ (लुम्बिनी प्रदेश)
६. सारदा जनकल्याण माध्यमिक विद्यालय, सल्यान (कर्णाली प्रदेश)
७. ज्ञानेश्वर माध्यमिक विद्यालय, बैतडी (सुदूरपश्चिम प्रदेश)
साथै विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीका लागि गुणस्तरीय परामर्श सेवा दिँदै सेतूको भूमिका निभाइरहेका र नेपालमा पनि विदेशी विद्यार्थी भित्र्याउन उत्तिकै महत्वपूर्ण योगदान गर्ने कन्सटल्टेन्सीहरुलाई पनि केन्द्रबिन्दु डटकमले सम्मान गरेको छ ।
१. अल्टिमेट कन्सल्टेन्सी र एड्भाइजरी सल्लाहकार नेटवर्क (युक्यान) –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी युके
२. द नेक्स्ट –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अष्ट्रेलिया
३. एक्सेस एजुकेसन नेटवर्क –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी न्यूजिल्याण्ड
४. अल्फा बिटा –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अमेरिका
५. म्यापल इन्टरनेसनल एजुकेसन –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी क्यानडा
६. सक्सेस एब्रोड स्टडी –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी जापान
७. हब इन्टरनेसनल एजुकेसन –मोस्ट प्रिफर्ड कन्सल्टेन्सी आयरल्याण्ड
८.ग्रेस इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी –ग्लोबल कनेक्टिभिटी अवार्ड
९.एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस् –ग्लोबल प्रिजेन्स अवार्ड
१०. एजुकेसन पार्क –इन्टरनेसनल रिकग्निसन अवार्ड
११. भिरा एजुकेसन कन्सल्टेन्सी –इमर्जिङ कन्सल्टेन्सी इन नेपाल
१२.वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी –इमर्जिङ कन्सल्टेन्सी इन नेपाल
१३. अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सी –इमर्जिङ कन्सल्टेन्सी इन नेपाल
१४. राइट पाथ करिअर काउन्सिलिङ –लिडिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड
१५. ओली एण्ड एसोसिएट्स –पायोनियर इन अष्ट्रेलियन एजुकेसन
केन्द्रबिन्दु डटकमद्वारा आयोजित ‘प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड’ ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा शैक्षिक संस्थालाई सम्मान गर्दै प्रेरणा प्रदान गर्ने उद्देश्य लिएको छ।
उक्त अवार्ड समारोहमा नीति निर्मातादेखि शिक्षक, विद्यार्थी, देशभरका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरू, साथै सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
केन्द्रबिन्दु डटकमले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि सम्मानजनक अवार्ड कार्यक्रम आयोजना गर्दै शैक्षिक क्षेत्रमा सकारात्मक ऊर्जा फैलाएको विश्वास व्यक्त गरेको छ। संस्थाले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।