
हिमालयन पावर पार्टनरले हकप्रद शेयर निष्कासनको लागि बुक क्लोजको मिति तय गरेको छ।
कम्पनीको सञ्चालक समितिले आज बिहान बसेको बैठकमा हकप्रद शेयर जारी गर्न आउँदो चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ । अर्थात् चैत ९ गते सम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउने छन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ र १ः०.५ अनुपातमा, अर्थात् ५० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भइसकेको छ। यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरूको लागि जारी गर्नेछ।
यस प्रक्रिया अन्तर्गत कम्पनीले १०० रुपैयाँ अङ्कित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता शेयर जारी गर्ने भएको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्ने अनुमान राखिएको छ।
हिमालयन पावर पार्टनरले हकप्रद शेयर बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटललाई दिएको छ।
हकप्रद शेयरका लागि हिमालयन पावर पार्टनरको बुक क्लोज मिति घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
