साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर १८४४ दशमलव ३६ को विन्दुमा कायम भएको छ। आज कूल २६९ कम्पनीहरूका २८ लाख ३६ हजार १३९ कित्ता शेयर रु. ७७ करोड ४७ लाख ६० हजार ६४७ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ६ करोड ९६ लाख २५ हजार ९१३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम सिमेन्ट लिमिटेडको शेयर रु ४ करोड ४६ लाख ६५ हजार ६३३ बराबरको शेयर कारोबार भएको छ।
यता, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोड ४७ लाख २५ हजार ८१० कारोबार हुँदा नबिल बैङ्क लिमिटेडको रु २ करोड ३ लाख ८७ हजार ९५९ शेयर र हिमालयन डिस्टिलरी लिमिटेडको १ करोड ८७ लाख ४० हजार ७४३ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
