रु रु जलविद्युत परियोजनाकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 

रु रु जलविद्युत परियोजना लिमिटेडले यही कार्तिक ४ गते १७औँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि असोज २७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा असोज २६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

 
कम्पनीले साधारण सभा बानेश्वर ब्याङकेट, थापा गाउँ, नयाँ बानेश्वरमा अपरान्ह १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तिय विवरणमाथि छलफल गरी पारित गर्नेछ र आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गर्ने छ।

आर्थिक वर्ष २०७८/०७९ अवधिकाे मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x