दरमखोला हाइड्रो इनर्जीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लागेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आइपिओ निष्कासन तथा बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २४ लाख २३ हजार १८५ कित्ता सेयर जारी गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ३९ लाख ५० हजार कित्ता सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको थियो। जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार ९५० कित्ता सेयर निष्कासन गरी बाँडफाँट सम्पन्न भइसकेको छ। त्यसका साथै कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर छुट्टाइएको थियो।

अब बाँकी रहेको २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि सार्वजनिक रूपमा खुला गर्न लागेको हो। यस अन्तर्गत लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। सो कम्पनीको आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) साउन १९ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन २९  गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ  ।

आइपिओ निष्कासनअघि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दरमखोला हाइड्रो इनर्जीलाई आईआरएन डबल बी माइनस (IRN BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत स्तरमा रहेको सङ्केत गर्दछ, जसमा जोखिम पनि सापेक्ष रूपमा विद्यमान रहेको बुझिन्छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x