धितोपत्र बजारमा ३२.७२ अङ्कको वृद्धि, नेप्से २१८२.११ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढेर २१८२ दशमलव ११ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ५८ अङ्कले बढेर ४१५ दशमलव ८३ को विन्दुमा पुगेको छ ।




आज कूल २५० कम्पनीहरूका १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर रु. ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य बैङ्किङ उपसमूह ४ दशमलव ४५ अङ्कले घटेको छ । यता, विकास बैङ्क उपसमूह १०१ दशमलव ३६ अङ्कले बढ्दा वित्त उपसमूह ६३ दशमलव ९० अङ्कले, होटेल तथा पर्यटन उपसमूह १६३.८२ अङ्कले, जलविद्युत उपसमूह १२७.३९ अङ्कले, लगानी उपसमूह १.९८ अङ्कले, जीवन बिमा उपसमूह १५२.६० अङ्कले, उत्पादन उपसमूह ४.५९ अङ्कले, लघुवित्त उपसमूह ५६.४० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले, निर्जीवन बिमा ११६.०८ अङ्कले, अन्य उपसमूह ४०.९४ अङ्कले र ट्रेडिङ उपसमूह ५.९१ अङ्कले बढेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x