
पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणाली सक्रिय भएपछि आज देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा दिउँसो मध्यम वर्षा र हिमपातको सम्भावना छ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा समेत आंशिक वर्षा हुने अनुमान गरिएको छ।
तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा पर्न सक्ने विभागले जनाएको छ। साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको चेतावनी दिइएको छ।
आज राति कोशीदेखि कर्णालीसम्मका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थान र बागमती, लुम्बिनी तथा कर्णाली प्रदेशका उच्च भूभागमा राति पनि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको विभागको मौसम बुलेटिनमा उल्लेख छ।
विभागले सम्भावित भारी हिमपात र वर्षाका कारण उच्च पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
पश्चिमी वायु र अरब सागरको प्रभावले आज देशभर बदली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
