ज्ञानमाण्डू। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले यही जेठ २५ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
“प्रिमियम तिरौँ क्यासब्याक पाऔँ” नामक अफर मार्फत प्रयोगकर्ताहरूले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभई प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् र अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले बताएको छ।