चितवनमा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न

sani securities

ज्ञानमाण्डू। सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हव अन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्यालि स्टेट कलेजको समन्वयमा २०७८ साल, चैत्र १२ गते बिहान ७ बजे देखि ११ बजेसम्म भरतपुर चितवन स्थित तारा पुञ्ज रिसाेट्मा आधारभूत शेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । Global Money Week 2022 को "Build your future, be smart about money" भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी सञ्चालन गरिएको सो तालिममा एक सय चवालिस जनाको सहभागिता रहेको थियो।

sani securities

कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयाे ।

sani securities

साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूमा आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै देखि आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गर्नुभयो ।

utsav dhakal

शेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ।

share training
उक्त कार्यक्रमका विशेषताहरू यस प्रकार रहेका छन् ।

शेयर बजार र परिचय ।
डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी ।
प्राथमिक बजार र आईपीओ ।
दोश्रो बजार ।
शेयर बजारमा कसरी प्रवेश गर्ने ?
दोश्रो बजार र शेयर मूल्य निर्धारण ।
परिसुचक र सर्कीट ब्रेक ।
लाभांश र हकप्रद शेयर ।
बुक क्लोज र मूल्य समायोज ।
आधारभूत अनुपात जस्तै : प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य आदी ।
शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्‌?
वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी ।
कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू ।
जोखिम न्यूनीकरण ।
नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसको क्षेत्रबारे विशेष जानकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x