गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यु. आर. कोड सेवा



ज्ञानमाण्डू। माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । 

 

माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यु.आर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलाई हस्तान्तरण गर्नुभयो । सो कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल राष्ट्र बैंक विरगञ्जका निर्देशक राजन देव भट्टराई, प्रहरी उपरिक्षक होमेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य जय मुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत स्थानीय व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मच।रीहरुको उल्लेख्य उपस्थिती रहेको बैंकले जनाएकाे छ
यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सकिने र दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएकाे छ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x