घान्द्रुकमा ज्योति विकास बैंककाे ए.टि.एम.



ज्ञानमाण्डू। ज्योति विकास बैंकले २०७८ साल चैत्र २७ गते बाट चर्चित पर्यटकीय स्थल घान्द्रुक (कास्कीमा पहिलो ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै ए.टि.एम. सञ्चालनमा ल्याएको
जनाएकाे छ


आज आयोजित एक कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष श्री कुमार गुरूङले ए.टि.एम. बुथको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत श्री बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख श्री विशाल लामिछाने, मानव संशाधन प्रमुख श्री प्रजिता जोशी,घान्द्रुक शाखा प्रबन्धक श्री प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको कम्पनीले जनाएकाे छ ।

 
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष श्री कुमार गुरूङले सो ए.टि.ए. सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई पनि ले निकै नै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। 


साथै बैंकले हालसालै बैंकिङ्ग पहुंचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम,कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको
बैंकले जनाएकाे छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x