ग्लोबल आइएमई बैङ्कको नाफा २६.५७ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को दोस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ ।
३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २२ अर्ब १ करोड रुपैयाँ रहेको छ भने सञ्चित मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा र पछिल्लो कारोबार मूल्य रु २०६ रुपैयाँ ५० पैसा को आधारमा मूल्य आम्दानी अनुपात १८.२५ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.६८ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब २३ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
ग्लोबल आइएमई बैङ्कको नाफा २ अर्ब ४ करोड रुपैयाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
