सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा

ज्ञानमाण्डू।रुकुम (पूर्व) का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् । 

शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीलाई सिकाइमा सहज तुल्याउन यहाँका भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले मातृभाषा (खाम ) मा पढाउन थालेपछि विद्यार्थीको सिकाइमा सुधार र सजिलै बुझ्ने गरेको जनाइएको छ । 

मगर समुदायका विद्यार्थी नेपाली विषयमा कमजोर भएपछि त्यसको सुधारमा बहु भाषा शिक्षा पढाउन थालिएको हो  । भूमे गाउँपालिकाका ४८० र पुथा उत्तरगङ्गा गाउँपालिकाका २०० भन्दा बढी विद्यार्थी मातृ भाषामा पढिरहेका छन् । यी गाउँपालिकामा मगर समुदायका मात्रै भेला, सम्मेलन, छलफल र अन्य कार्यक्रममा मातृभाषा नै बोल्ने गरिएको छ । सानैदेखि आमाबुबाबाट मातृभाषा सिक्ने गरेको र विद्यालयमा पढ्न जाँदा नेपाली भाषा नै नबुझ्ने गरेको अवस्था रहेको छ । 

अहिले भूमेका १२ र पुथा उत्तरगङ्गाका १३ विद्यालयले मातृभाषामा पढाउन थालेका छन् । भूमेका आठ विद्यालयले छ वर्षदेखि र चार विद्यालयले दुई वर्षदेखि मातृभाषामा आधारित बहु भाषा शिक्षा पढाइरहेका छन् । त्यसै गरी पुथा उत्तरगङ्गा गाउँपालिकाका १३ विद्यालयले गत वैशाखदेखि कक्षा १ मा मातृभाषामा पढाउन थालेका छन् । नेपाली भाषाका पाठ्यपुस्तक पढ्न असहज मानेपछि मातृभाषामै पढाउन थालिएको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाक्षेत्रीले जानकारी दिए । 

उनका अनुसार सम्बन्धित विषयलाई मातृभाषामा अनुवाद गरी पठनपाठन भइरहेको छ । अभिभावकबाट मातृभाषा मात्रै जानेको तथा त्यसमै कुरा गरिरहेकालाई मातृभाषा सिकाइका लागि राम्रो भएको उनले बताए। आधारभूत तहमा जग बलियो भयो भने माथिल्लो तहमा पढ्न सहज हुने भएकाले १ देखि ३ कक्षासम्म मातृभाषामा पढाउन थालिएको प्रधानाध्यापक बुढाक्षेत्रीले बताए । आउने शैक्षिक सत्रदेखि कक्षा २ र अर्कोबाट ३ कक्षासम्म मातृ भाषामा पढाउने विद्यालयले जनाएको छ । उच्च माविसम्मको शिक्षा गाउँमै पूरा गरे पनि बाँकी शिक्षा, लोकसेवा अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्दा नेपाली कमजोर देखिएपछि खाम भाषामै पढाउन थालेको विद्यालयले जनाएको छ । 

यसै गरी भूमे गाउँपालिका–२ गावाङ हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक गोवर्द्धन बुढामगरले मातृभाषाले वार्षिक विषयगत सिकाइले उपलब्धि बढेको जानकारी दिएका छन्  । उनका अनुसार यस कार्यले अहिले विद्यार्थी नियमित भएको र उपस्थिति दर बढेको छ । अहिले यी दुई गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले जनक शिक्षा सामग्री केन्द्रले तयार पारेको पाठ्यपुस्तकलाई खाम भाषामा अनुवाद गरी पढाइ रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x