ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशत डिस्काउन्ट

ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई मेट्रो मार्टका काठमाडौँ भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग ए्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ । एक पटकको खरिदको रु. १०० सम्म र योजना अवधिभर रु. ३०० सम्म डिस्काउन्ट पाइनेछ ।

यो योजना सीमित अवधिका लागि काठमाडौँ उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरूमा लागू हुनेछ ।

बैङ्कले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x