एन आई सी एशिया बैङ्कले काठमाडौँस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू सो बैङ्कको डिजिटल प्लेटफर्म मार्फत भुक्तानी गर्न सक्ने प्रणाली उपलब्ध गराएको छ ।
बैङ्कले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दै यी क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकम्मेन्डेसन शुल्क वा अन्य कुनै पनि शुल्क यस बैङ्कको क्युआर कोड, मोबाइल बैंकिङ्ग एप, बैङ्कको वेबसाइटमा रहेको ई–सर्भिस र क्वीक पे प्लेटफर्महरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको सो बैङ्कले जानकारी दिएको छ । सो बैङ्कको मोबाइल बैंकिङ्ग एपबाट शुल्क भुक्तानी गर्नु परेमा एपभित्र रहेको ई–सर्भिसमा गएर क्याम्पसको नाम छनौट गर्नुपर्ने सोही बैङ्कले जनाएको छ । त्यस्तै बैङ्कको वेबसाइटमा रहेको ई–सर्भिसमा ट्याब गरी क्याम्पस छनौट गरेर समेत भौतिक रूपमा क्याम्पसमा उपस्थित नभई आवश्यक शुल्क भुक्तानी गर्न सक्ने पनि सो बैङ्कले जानकारी दिएको छ । साथै, क्याम्पसमा रहेको क्युआर कोड स्क्यान गरेर वा क्याम्पसले उपलब्ध गराएको क्वीक पे लिङ्कमार्फत पनि भुक्तानी गर्न सक्ने सो बैङ्कले बताएको छ ।
हालसम्म यी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शुल्क भुक्तानी गर्दा बैङ्क शाखामा उपस्थित भई कागजी भौचर भर्नुपर्ने, काउन्टरमा लामो लाइन लाग्नुपर्ने र बैङ्कले भुक्तानी जम्मा लिएको भौचर क्याम्पस प्रशासनमा बुझाउनुपर्ने बाध्यता रहेको थियो । सो सम्झौतासँगै विद्यार्थीहरूले गर्नुपर्ने कागजी काम तथा नगद बोक्नुपर्ने बाध्यता हट्दै समय र लागत कम भएको सो बैङ्कले बताएको छ भने क्याम्पस प्रशासनले आफ्नो डाटा, जानकारी, आर्थिक व्यवस्थापन, अडिट तथा रिपोर्टिङ जस्ता कार्य रियल टाइममा गर्न सक्ने भएको पनि सो बैङ्कले जानकारी दिएको छ। डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस बैङ्कले यी क्याम्पसको भुक्तानीलाई डिजिटाइज गरेसँगै अब विद्यार्थीहरूले आफ्नो शुल्क बिना कुनै लाइनमा बसी सजिलै भुक्तानी गर्न सक्ने जानकारी दिएको छ ।
एन आई सी एशिया बैङ्कको डिजिटल प्रणालीमार्फत अब थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा सजिलै भुक्तानी गर्न सक्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%