बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही फाल्गुन ०५ गते शुक्रवारको दिन १४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि माघ १९ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा  माघ १८ गतेसम्म (आज सम्म) कायम शेयर धनीले वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले साधारण सभा वालटन बिस्ट्राे एण्ड बान्क्वेट, पानीपाेखरीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७७/०७८ तथा २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने तथा आ.व २०७७/०७८ तथा २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पनि पारित गर्नेछ । साथै कम्पनीले आफ्नो चुक्ता पुँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
आजसम्म कायम शेयर धनीले बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको साधारण सभामा भाग लिन पाउने
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            