धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर २०८० दशमलव ३८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ८१ अङ्कले बढेर ३९६ दशमलव ३४ को विन्दुमा पुगेको छ ।
आज कूल २६९ कम्पनीहरूका ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर रु. १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य लघुवित्त उपसमूह ६० दशमलव २५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले र ट्रेडिङ उपसमूह शून्य दशमलव ०८ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह १६ दशमलव ८३ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ८० दशमलव ५४ अङ्कले, वित्त उपसमूह ४८ दशमलव ९० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ९४.९९ अङ्कले, जलविद्युत उपसमूह ९६.९२ अङ्कले, लगानी उपसमूह १.६३ अङ्कले, जीवन बिमा उपसमूह १९६.३६ अङ्कले, उत्पादन उपसमूह ७१.९० अङ्कले, निर्जीवन बिमा १८०.८५ अङ्कले र अन्य उपसमूह २८.३१ अङ्कले बढेको छ ।