कामना सेवा विकास बैङ्कको ४८ हजार संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


कामना सेवा विकास बैङ्क लिमिटेडले ४८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको छ।

बैङ्कले यस अघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्रै बिक्री खुला गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि आवेदन प्राप्त नभएपछि शेयर खरिदको अवसर सर्वसाधारणका लागि विस्तार गरिएको बैङ्कले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेख गरी आगामी सात दिनभित्र काठमाडौँको ज्ञानेश्वरस्थित बैङ्कको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x