यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १० दशमलव २४ अङ्कले घटेर २६९८ दशमलव ४५ को विन्दुमा कायम भएको छ। आज कूल ३३० कम्पनीहरूका २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर रु. ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ५६ करोड ३ लाख ४८ हजार १५५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ५१ करोड ४९ लाख ५७ हजार ४३२ बराबरको शेयर कारोबार भएको छ ।

यता, रिडी पावर कम्पनी लिमिटेडको रु. ४७ करोड ७४ लाख ९२ हजार ५०१, राधी विद्युत कम्पनी लिमिटेडको रु. ४३ करोड ९८ लाख ३४ हजार ००५ र एसवाई प्यानल नेपाल लिमिटेडको रु. ४२ करोड ४१ लाख ५६ हजार ४०६ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x