एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

Gyanmandu | Achieving Excellence Together
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २४ हजार ८९८ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।

नेपाल बीमा प्राधिकरणको प्रचलित व्यवस्था अनुसार हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौँको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शेयरको बिक्री मूल्य विक्रेताले निर्धारण गरे अनुसार हुनेछ। साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x