११ महिनामा सरकारको राजस्व सङ्कलन १० खर्ब ७९ अर्ब, लक्ष्यको ७३ प्रतिशत मात्रै प्राप्त


सङ्घीय सरकारले चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको तुलनामा राजस्व सङ्कलन अझै अपेक्षा भन्दा कम रहेको देखिएको छ।


सरकारले चालू आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर जेठ मसान्तसम्म आइपुग्दा लक्ष्यको ७३.०६ प्रतिशत अर्थात् १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ।

कर राजस्वतर्फ सरकारले १३ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी सङ्कलन गर्ने लक्ष्य लिएको थियो। समीक्षा अवधिमा भने ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ मात्रै उठेको छ, जुन वार्षिक लक्ष्यको ७४.०३ प्रतिशत बराबर हो।

यस्तै गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी उठाउने लक्ष्य राखिए पनि हालसम्म ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ। यो लक्ष्यको ६४.७३ प्रतिशत हो।

अनुदान प्राप्तितर्फ पनि सरकार लक्ष्यभन्दा निकै पछाडि देखिएको छ। चालू आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य निर्धारण गरिएकोमा ११ महिनामा २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ४२.८२ प्रतिशत बराबर हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x