धितोपत्र बजारमा ५.०१ अङ्कको वृद्धि, नेप्से २९३६.५६ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ०१ अङ्कले बढेर २९३६ दशमलव ५६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले घटेर ५०५ दशमलव ०२ को विन्दुमा पुगेको छ ।

आज कूल ३४२ कम्पनीहरूका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर रु. १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ४ दशमलव ३६ अङ्कले, विकास बैङ्क उपसमूह ३२ दशमलव ३७ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६७.६९ अङ्कले, जीवन बिमा उपसमूह ६५.६२ अङ्कले, निर्जीवन बिमा ४.९८ अङ्कले र  ट्रेडिङ उपसमूह २४.१२ अङ्कले घटेकाे छन् । यता, वित्त उपसमूह ५ दशमलव ५६ अङ्कले बढ्दा जलविद्युत उपसमूह ३७.७१ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ८१ अङ्कले, उत्पादन उपसमूह १५४.४३ अङ्कले, लघुवित्त उपसमूह २२.८२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १९ अङ्कले र अन्य उपसमूह शून्य दशमलव ४३ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x