
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ४५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैङ्कले ‘नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८४ ख’ अनलाइन बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।
राष्ट्र बैङ्कका अनुसार उक्त ऋणपत्रको साँवा २०८४ असार १७ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ। ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोल प्रक्रिया ब्याजदरका आधारमा सञ्चालन हुनेछ। सहभागी संस्थाले फरक–फरक ब्याजदरमा समेत प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ भने अन्तिम ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ। राष्ट्र बैङ्कले बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट सञ्चालन गर्ने जनाएको छ।
केन्द्रीय बैङ्कका अनुसार प्राप्त प्रस्तावहरूलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रममा मूल्याङ्कन गरिनेछ। आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड सीमासम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। त्यसपछि सोही दर वा सोभन्दा कम ब्याजदरमा प्रस्ताव पेस गर्ने सहभागी संस्थालाई ऋणपत्र बाँडफाँड गरिने व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले ४५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
