आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू


साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १ दशमलव ५३ अङ्कले बढेर २६९५ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताहरूले १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । त्यस्तै, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड १० प्रतिशतले, हिमस्टार उर्जा कम्पनी लिमिटेड १० प्रतिशतले, सान्भि इनर्जी लिमिटेड ९.९४ प्रतिशतले र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको ९.९३ प्रतिशतले बढ्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

यता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले गुमाउँदा, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले ५.५३ प्रतिशतले, शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ५ प्रतिशतले, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका शेयरधनीहरुले ४.०५ प्रतिशतले र एनआईबिएल ग्रोथ फण्ड लिमिटेडका शेयरधनीहरुले ३.६३ प्रतिशतका दरले गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x