सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल फागुन २९ गते बसेको सञ्चालक समितिको १७९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ सम्म कायम रहेको वितरण याेग्य मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई ५.२६३२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०८१/०८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.२६३२ प्रतिशतले हुन आउने रकम रु. ५६ लाख ५७ हजार ८९५ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x