विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतको वृद्धि



वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८१/८२ को भाद्रमा १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ को भाद्रमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ७६,४८५ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४०,५८३ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४,४५५ र ३२,००४ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो ट्रान्सफर  २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x