विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३७.७ प्रतिशतको वृद्धि


वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा ३७.७ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनामा मात्र विप्रेषण आप्रवाह रु. १ खर्ब ८८ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,७३,५३६ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २,५१,९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,१७,०६८ र २,१७,४०३ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर रु. १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो ट्रान्सफर रु. ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x