ग्लोबल आइएमई बैङ्क लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसिइओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मङ्गलवार बसेको बैङ्क सञ्चालक समितिको बैठकको निर्णयअनुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालबाट बैङ्किङ करिअर सुरु गर्नुभएका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैङ्कमा आबद्ध हुनुहुन्छ । उहाँले बैङ्कको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
उहाँ बैङ्कको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत रहनुभएको छ ।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) उपाधि हासिल गर्नुभएको छ ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘वेस्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘वेस्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४ र वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैङ्क हो । बैङ्कले हाल ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ ।
साथै, यस बैङ्क विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिटेन्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रूपमा स्थापित छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिटेन्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
ग्लोबल आइएमई बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
