
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीका एक संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर नेपाल बीमा प्राधिकरणको प्रचलित व्यवस्थाअनुसार बिक्रीमा राखिएको हो।
हाल कायम संस्थापक शेयरधनीहरूलाई उक्त शेयर खरिदमा पहिलो प्राथमिकता दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुतलीसडकस्थित कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयरको सङ्ख्या स्पष्ट रूपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ।
शेयरको मूल्य बिक्रेता संस्थापक शेयरधनीले निर्धारण गर्ने भए पनि प्रचलित बजार मूल्यभन्दा कम राख्न नपाइने व्यवस्था गरिएको छ। शेयरको मूल्यसम्बन्धी थप जानकारीका लागि कम्पनीको कानुन विभागमा सम्पर्क गर्न सकिनेछ।
तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुनबमोजिम सर्वसाधारण तथा अन्य व्यक्ति वा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
सन नेपाल लाइफको ५२ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
