नबिल बैङ्क लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन्। यस्तो छुट उपलब्ध गराउने सवालमा बैङ्क र हेयर एण्ड शान्ति बिच समझदारी भएको हो । समझदारी पत्रमा नबिल बैङ्कका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनीता बुढाथोकीले हस्ताक्षर गर्नुभएको हो ।
नबिल बैङ्क नेपालको एक अग्रणी वाणिज्य बैङ्क हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो ।
समझदारीअनुसार नबिल बैङ्कका ग्राहकले नबिल बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैङ्क वा बैङ्क ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नबिल बैङ्क र हेयर एण्ड शान्ति बिच भएको समझदारीले नबिल बैङ्कका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्ने बैङ्कले जनाएको छ ।
नबिल बैङ्कका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
