मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त हुनुभएको छ ।
मेगा बैंक सञ्चालक समितिले २०७९ पुस ९ गतेदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको बैंकले जनानएकाे छ । विगत २७ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुनुहुन्छ । बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल वैशाख १ गतेबाट पूर्व सञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गर्नुभएका पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सिइओ बन्नुभएको हो । उहाँ स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरूको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।
नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रूपमा करिब तीन दशक अघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बन्नुभएका पोखरेल मेगा बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्शियल फाइनान्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्थ्यो ।
यसै गरी, मेगा बैंकबाट स्वैच्छिक अवकाश लिनुएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ । उहाँको सम्मानस्वरुप आयोजना गरिएको बिदाइ कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरूले मेगा बैंक नेपाल लिमिटेडमा १३ वर्ष भन्दा बढी अवधि सेवा गर्नुभएकी श्रेष्ठलाई यस बैंकको उन्नति, प्रगति तथा श्रीवृद्धिमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिनुका साथै उहाँको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो ।