लक्ष्मी सन्राइज बैङ्कले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैङ्कको काठमाडौँ महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरेको हो ।
स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सक्ने बैङ्कले जनाएको छ ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने बैङ्कले विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्ने बैङ्कले जनाएको छ ।
लक्ष्मी सन्राइज बैङ्कको शाखा ललितपुरमा स्थानान्तरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
