ग्लोबल आइएमई बैंकले सात वटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ ।
बैंकले “एक कर्मचारी, एक बिरुवा रोपण” अभियानअन्तर्गत सात वटै प्रदेशमा विभिन्न प्रजातिका उन्नत बोट/बिरुवाहरू रोपेर विश्व वातावरण दिवस मनाएको हो ।
बैंकले मोरङ्गको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौँको टोखा स्थित लाखे डाँडा, कास्कीको पोखरा रङ्गशाला परिसर, रुपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको वीरेन्द्रनगर चौहान पार्कमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
बैंकले आयोजना गरेको यस वृहत् वृक्षारोपण कार्यक्रममा बैङ्कका कर्मचारीहरू, स्थानीय नागरिक लगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।
बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।
ग्लोबल आइएमई बैङ्कले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
