
ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुई पक्षबिच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ ।
उक्त ऋणले बैङ्कको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैङ्कलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्नेछ ।
जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैङ्कलाई ऋण प्रदान गरेको हो । वातावरण संरक्षणमा यसको महत्त्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरूमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैङ्कको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जा क्षेत्रमा प्रभावकारिता एवं दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्त्वपूर्ण सहयोग पुर्याउने दुवै पक्षले विश्वास लिएको छन् ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।
 
ग्लोबल आइएमई बैङ्कले नेपालमै पहिलो पटक २५ मिलियन अमेरिकी डलर क्लाइमेट फन्डको ऋण लिँदै, स्वच्छ ऊर्जामा लगानी गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    