लुम्बिनी विकास बैङ्कले होटेल वृन्दावन प्रा. लि. मा आफ्ना ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधाहरूमा छुट दिनको लागि सम्झौता गरेको छ । होटेल वृन्दावन प्रा. लि. पर्सा जिल्लाको वीरगन्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ ।
सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैङ्क लि. का सम्पूर्ण ग्राहकहरूलाई होटेल वृन्दावन प्रा. लि. का विभिन्न सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । होटेल वृन्दावन प्रा. लि. को विभिन्न सेवा तथा सुविधाहरू अन्तर्गत ग्राहक महानुभावहरूले खानाका परिकार तथा पेय पदार्थहरूमा १० प्रतिशत साथै होटेल कोठाहरूको शुल्कमा ३० प्रतिशत छुट लिन सक्ने छन् ।
सम्झौता पत्रमा लुम्बिनी विकास बैङ्कको तर्फबाट वीरगन्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटेल वृन्दावन प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफ ले संयुक्त रूपमा हस्ताक्षर गर्नु भयो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैङ्क लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ । यस लुम्बिनी विकास बैङ्क लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
लुम्बिनी विकास बैङ्क र होटेल वृन्दावनबिच विशेष छुट सम्झौता
![](https://gyanmandu.com/public/news_images/20250210164233.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/insightful.png)