सन्राइज बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरू गर्ने क्रममा सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेलधुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको जानकारी दिएको छ । ज्येष्ठ ३ र ४ गते आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच बैङ्कका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो । चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह विष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको सो बैङ्कले जानकारी दिएको छ । साथै आज आयोजित डडेलधुराको सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टङ्क बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टको उपस्थितिमा प्रहरी बिट हस्तान्तरण गर्नुभएको थियो । प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बैङ्कले गरेको सो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई सुरक्षा र सहजता हुने विश्वास लिएको सो बैङ्कले बताएको छ ।
सन्राइज बैङ्कद्वारा चुरे र डडेलधुरा बजारमा प्रहरी बिट निर्माण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
