नेपाल एसबिआई बैङ्कले देशभर थप सात नयाँ शाखाहरू उद्घाटन गरेको छ । बैङ्कले दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैङ्कका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाडौँबाट भर्चुअल्ली गर्नुका साथै दुलेगौंडा शाखा, तनहुँको उद्घाटन गरेका हो ।
उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दे, सञ्चालक, पिनाकी नाथ बनर्जी, स्टेट बैङ्क अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरू तथा ग्राहकहरूको समेत उपस्थिति रहेको बैङ्कले जनाएको छ ।
बैङ्कले सो नयाँ शाखा सञ्चालनबाट ग्राहकहरूमा सहज बैङ्किङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
हाल सो बैङ्कले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखा रहित बैङ्किङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ।
नेपाल एसबिआई बैङ्कद्वारा देशभर ७ नयाँ शाखाहरूको उद्घाटन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
