यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ८ दशमलव १६ अङ्कले घटेर २६६२ दशमलव ९१ को विन्दुमा कायम भएको छ। आज कूल ३३५ कम्पनीहरूका १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर रु. ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० मा खरिद बिक्री भए।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु. ६५ करोड ३ लाख २२ हजार १६३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ५२ करोड ३६ लाख १५ हजार ८१५ बराबरको शेयर कारोबार भएको छ ।

यता, ङादी ग्रुप पावर लिमिटेडको रु. ४८ करोड २७ लाख ८५ हजार ६५०, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ३४ करोड ४२ लाख ११ हजार ०४५ र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको रु. २५ करोड ५२ लाख ९ हजार ६२८ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x