गुडविल फाइनान्सकाे नाफा ४६.०३ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा फाइनान्सले ३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुडविल फाइनान्सले ११ अर्ब २७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५२ करोड ३ लाख रुपैयाँ र सञ्चित मुनाफा ११ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.०२ प्रतिशतले बढेर १५ करोड २ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सकाे वितरण योग्य मुनाफा ६ करोड ४७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात २.१५ प्रतिशत र प्रतिशेयर आम्दानी १६ रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ८३ पैसा र पछिल्लो कारोबार मूल्य रु ४३० को आधारमा मूल्य आम्दानी अनुपात २६.४८ गुणा रहेको छ ।
गुडविल फाइनान्सकाे नाफा ३ करोड ८४ लाख रुपैयाँ, ईपीएस कति?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
