लक्ष्मी बैंकाे साधारण सभामा आजसम्म कायम शेयरधनीले भाग लिन पाउने

लक्ष्मी बैङ्क लिमिटेडले यही पौष २८ गते बिहीबारको दिन २२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि पौष १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा पौष १४ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

बैङ्कले साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले बाइसौँ साधारण सभाका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

यस लक्ष्मी बैङ्क र अन्य कुनै उपयुक्त बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया  पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x