नेप्सेमा हिमालयन लघुवित्तको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले श्रावण ०४ गते बिहीबारका दिन हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ३ लाख १६ हजार ९३६.८८५८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा बिहीबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x