
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घटेर २७५५ दशमलव ४१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ७७ अङ्कले घटेर ४७१ दशमलव ९९ को विन्दुमा पुगेको छ ।
आज कूल ३५१ कम्पनीहरूका १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर रु. ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य वित्त उपसमूह ६८ दशमलव ९० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४.२० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले र निर्जीवन बिमा ७.१४ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह ६ दशमलव ५५ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ९ दशमलव ७३ अङ्कले, जलविद्युत उपसमूह २८.७१ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ३८ अङ्कले, जीवन बिमा उपसमूह ५६.३३ अङ्कले, उत्पादन उपसमूह ८७.७८ अङ्कले, लघुवित्त उपसमूह ८.१७ अङ्कले, अन्य उपसमूह १५.६७ अङ्कले र ट्रेडिङ उपसमूह ८.१६ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ११.३७ अङ्कको गिरावट, नेप्से २७५५.४१ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
