धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २५ दशमलव ५७ अंकले बढेर १९३६ दशमलव ८३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ४९ अंकले बढेर ३८१ दशमलव ०६ को विन्दुमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह १२ दशमलव २७ अङ्कले बढ्दा विकास बैंक उपसमूह ६४ दशमलव ९१ अङ्कले, वित्त उपसमूह ३७ दशमलव २५ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ९.४५ अङ्कले, जलविद्युत उपसमूह ६१.६९ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ६९ अङ्कले, जीवन बिमा उपसमूह ५६.७४ अङ्कले, उत्पादन उपसमूह १०२.८९ अङ्कले, लघुवित्त उपसमूह ३८.४० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २२ अङ्कले, निर्जीवन बिमा १०२.१७ अङ्कले, अन्य उपसमूह २२.६९ अङ्कले र ट्रेडिङ उपसमूह ४०.२८ अङ्कले बढेको छ ।