नेपाल एसबिआई बैङ्कको ७% ऋणपत्र बाँडफाँड सम्पन्न, ३० लाख कित्ता ऋणपत्र वितरण


नेपाल एसबिआई बैङ्क लिमिटेडले जारी गरेको ‘७ प्रतिशत नेपाल एसबिआई बैङ्क ऋणपत्र २०९०’ को बाँडफाँड साउन ७ गते सम्पन्न भएको छ। बैङ्कले असार ३० देखि साउन १ गतेसम्म सार्वजनिक निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको यो ऋणपत्रको बाँडफाँड प्रक्रिया बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड मार्फत गरिएको हो।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त उक्त ऋणपत्र प्रति इकाई १०० रुपैयाँ अङ्कित मूल्यमा कुल ३० लाख कित्ता जारी गरिएको थियो। जसअन्तर्गत १८ लाख कित्ता निजी तवरबाट बिक्री गरिँदा बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी ११ लाख ४० हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई निष्कासन गरियो। निष्कासन अवधिभर प्राप्त भएका रितपूर्वक आवेदनहरूको मूल्याङ्कनपछि ऋणपत्रको सम्पूर्ण बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको बैङ्कले जनाएको छ।

‘७ प्रतिशत नेपाल एसबिआई बैङ्क ऋणपत्र २०९०’ दस वर्षे अवधिको डेबेन्चर हो, जसमा लगानीकर्ताहरूले प्रत्येक वर्ष ७ प्रतिशत ब्याज दरमा आम्दानी प्राप्त गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x