सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले १० हजार ७७३ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा ११ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ११ वैशाखबाट सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी के कति कित्ता शेयर खरिद गर्ने हो सो को ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।
१० हजार ७७३ कित्ता संस्थापक शेयर बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
