धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव ०७ अङ्कले बढेर २१४४ दशमलव १६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ९५ अङ्कले बढेर ४०४ दशमलव १० को विन्दुमा पुगेको छ ।
आज कूल २५७ कम्पनीहरूका ७६ लाख ३४ हजार १९० कित्ता शेयर रु. २ अर्ब ५६ करोड ०१ लाख ९१ हजार २८८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव ०७ अङ्कले घटेको छ । यता बैङ्किङ उपसमूह ३५ दशमलव २८ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह १६१ दशमलव ३३ अङ्कले, वित्त उपसमूह ६९ दशमलव ५४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १५४.२९ अङ्कले, जलविद्युत उपसमूह ३४.२० अङ्कले, लगानी उपसमूह उपसमूह १.२६ अङ्कले, जीवन बिमा उपसमूह २८२.८६ अङ्कले, उत्पादन उपसमूह ७८.७० अङ्कले, लघुवित्त उपसमूह ६१.३० अङ्कले, निर्जीवन बिमा २६२.११ अङ्कले, अन्य उपसमूह २०.४६ अङ्कले र ट्रेडिङ उपसमूह ३८.०२ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ४७.०७ अङ्कको वृद्धि, नेप्से २१४४.१६ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%