धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अंकले बढेर १९११ दशमलव २६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८६ अंकले बढेर ३७६ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
आज कूल २३२ कम्पनीहरूका २४ लाख ९५ हजार ६१२ कित्ता शेयर रु ८५ करोड ९४ लाख ६८ हजार १५८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य सामूहिक लगानी कोष शून्य दशमलव ११ अङ्कले र ट्रेडिङ उपसमूह २१.६१ अङ्कले घटेकाे छ । यता, बैंकिङ उपसमूह ८ दशमलव १६ अङ्कले बढ्दा विकास बैंक उपसमूह ४२ दशमलव ५८ अङ्कले, वित्त उपसमूह १५ दशमलव ६३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १२.९८ अङ्कले, जलविद्युत उपसमूह २१.९८ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ४९ अङ्कले, जीवन बिमा उपसमूह ८०.७३ अङ्कले, उत्पादन उपसमूह ४३.७७ अङ्कले, लघुवित्त उपसमूह १७.०२ अङ्कले, निर्जीवन बिमा २२.११ अङ्कले र अन्य उपसमूह ९.६५ अङ्कले बढेको छ ।
धितोपत्र बजारमा १३.४० अङ्कको वृद्धि , नेप्से १९११.२६ को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
