रिलायन्स फाइनान्सले आज १३ औँ वार्षिक साधारण सभा गर्दै



रिलायन्स फाइनान्स लिमिटेडले असार ३१ गते (आज) १३ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा स्मार्ट दरबार व्यांक्वेट, धुम्बाराही, काठमाडौँमा दिनको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सञ्चालक समितिको स्वीकृति बमोजिम कम्पनीको कुल चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने रकम रु. ६ करोड ८४ लाख ४५ हजार ४११ बराबरको बोनस शेयर र ०.३४ प्रतिशतले हुन आउने रकम रु. ३६ लाख ०२ हजार ३९० बराबरको नगद (कर प्रयोजनका लागि) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २० गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x